Home » » हात्तीको समस्या - सम्पादकीय

हात्तीको समस्या - सम्पादकीय

Written By Unknown on Tuesday, 6 December 2011 | 02:49

झापा जिल्लाका प्रमुख समस्याहरु मध्येको हात्ती आतङ्क पनि एउटा जटिल समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ । पश्चिममा मोरङ उत्तरमा इलाम र पूर्व तथा दक्षिणका भागहरुमा भारतले छोएको झापाको भौगोलिक अवस्थाले हात्ती आतङ्कको समस्यालाई लगभग चित्रित गर्दछ । किनभने इलामको दक्षिणवर्ती क्षेत्र जुन झापासँग सीमाना जोडिन्छ चुलाचुली दानावारी पूर्वोत्तर क्षेत्र बाहुनडाँगी मेचीनगर ज्यामीरगढी जुन भारतीय भूमिसम्म जोडिन्छन् । ती क्षेत्रहरु नजिक वनक्षेत्र पर्दछ । सो क्षेत्रमा दिनहुजसो हुलकाहुल आउने जङ्गली हात्तीले धनजनको क्षति गराईरहेका छन् । त्यसका अलावा बुधबारे शनिश्चरे खुदुनाबारी सुरुङ्गा सतासीधाम तोपगाछी दमकको उत्तरी क्षेत्र समेत वर्षेनी हात्ती आतङ्कबाट प्रभावित क्षेत्र हुन् । दुई दिन अघि मात्रै हात्तीकै आक्रमणबाट बुधबारे-९ की ६८ वर्षीया श्रीमाया सुब्बा र खुदुनाबारीकी सावित्री ओझाको हात्ती आक्रमणबाटै मृत्यु भएका
Share this article :

Post a Comment