Home » » ओम प्रकाश गौतम - हाङग्देवा डक कम

ओम प्रकाश गौतम - हाङग्देवा डक कम

Written By Unknown on Tuesday, 6 December 2011 | 02:48

देवेन्द्र भट्टराई
डायमण्ड शमशेरको ुसेतो बाघुमा सिलाङेको एउटा प्रसङ्ग छ । झण्डै डेढ शताब्दी अघि पल्टनसितै भारत बृहत आसामको सिलोङ पुग्ने नेपालीहरु सिलाङेका रुपमा चिनिएका थिए । झण्डै त्यस्तै सिलाङे बनेर लमजुङको टक्सारबाट सिलोङ पुगेका बा पारजित गुरुङको परिवारमा मनप्रसादएमपी जन्मे । दार्जीलिङ माइती भएकी आमा मनकुमारी हारमुनियममा मित्रसेनका गीतहरु गुन्गुनाइरहन्थिन् । संयोग कस्तो पर् यो भने एमपी केटाकेटी छँदै एकपटक गायक मित्रसेन सिलोङ आएका रहेछन् जसले गाएछन्-
ुकृष्णमुरारी मुरलीधारी
मुरली बजाउने
तिमी कहाँ छौ ु
यसरी सुनिँदै आएको गायकको प्रभाव र प्रत्यक्ष भेट्दाको अतिप्रभावबाट आकर्षित बनेर एमपी पनि गानाबजानाको दुनियामा छिरेका रहेछन् । पुर्वोत्तर भारतमा अरुतिर हेरीकन सिलोङमा नेपालीपनाको जागरण अलिक चाँडो आएको रहेछ । सन् १९५५ मैं त्यहाँ नेपाली कलासङ्गीत परिषद् खुलेको रहेछ जसको निम्तोमा सन् १९५७ मै गायक धर्मराज थापा सिलोङ पुगेका रहेछन् ।
ुप्रवासी घामै लाग्यो घमाइलो
प्रवासी आÏनै देश रमाइलो
जाउँ िहंड नेपालमा…ु
धर्मराजको यो गायकीले अरुहरु झैैं एमपी पनि आनन्दित बनेका रहेछन् । उनी धर्मराजसँगै गारो पहाड र त्यहाँको पुरानो जातजातीबारे खोजीमा निस्केका रहेछन् । यतिका बर्षपछि एमपी आÏना ुती दिनहरु सम्झदै थिए २००७ को २४ नेवॆम्भरमा । उनकै सिलोङ निवासमा भेट गर्दाको सम्झना अहिले यहाँ उत्रिएर आएको छ किनभने यतिका बर्षपछि ६८ बर्षे एमपी ुजाउँ िहंड नेपालमाु भन्दै गानाबजाना सुनाउन काठमाण्डौ आएका रहेछन् अनलाइन खबरहरुबाट थाहा भयो । ुजुन रुखको बोक्रो हो त्यसैमा टाँसिनु श्रेयकर हुन्छु भेटघाटमा एमपीले भनेका रहेछन्-ुहिजो त हामी चरनमा बाहिर निस्केका थियौं अब भने आÏनो ठाउँमा फिर्नैपर्ला ।ु अब फिर्ने क्रममा आÏना तीन छोरा र दुई छोरीका लागि नेपालतिरै पढाइ-जागिरको अवसर खोज्नमा उनी लागेका रहेछन् ।
एमपी सन् १९६५ तिर नेपाल आएका थिए राजाको जन्मदिवस निम्तोमा । त्यसबेला भैरव नृत्य दलदेखि नारायण गोपाल प्रेमध्वज नातीकाजी अरुणा लामाहरुसँगको संगतमा उनी रहे । अरुणा लामासँग उनले एउटा गीत रेडियोमा पनि गाए-ुयो उजाड जीवनको शहरमा…।ु भारतमा प्रशासनिक सेवामा रहेका कारण गीतसङ्गीतको दुनियामा उति दौडन नपाएपनि गुवाहटी÷सिलोङतिर रहेका सङ्गीतकर्मी सिके रसाइली गिर्वानबहादुर प्रधान बिजय रसाइलीहरुको सङ्गत रहेकै हुन्थ्यो । एमपीसहितको समूहले गायक अम्बर गुरुङलाई सन् १९५५ मा नागाल्याण्ड बोलाउनुमा पनि त्यही आÏनो गीतसङ्गीतको अपनत्व लुकेको थियो । एमपीका रेडियो नेपाल गुहावटी र कोहिमा रेडियो गरेर एक दर्जनभन्दा बढी गीतसङ्गीत रेकर्डेड छन् ।
एमपी कहिले गोर्खाल्याण्डमा लागे । कहिले आÏनो गीतसङ्गीतका पछि लागे । कहिले प्रशासन त कहिले मौन बनेर बसिरहे । पछिल्लो समयमा भने गोर्खा र नेपालीबीचको अन्तरलाई बु¤न नसकेर उनी मौन बसेका हुन् । ुभादगाउँले टोपी लगाउनेलाई गोर्खाली र ढाका टोपी लगाउनेलाई नेपाली भन्न थालेका छन्ु उनलाई लागेको छ-ुनेपाली भनेको नेपाली हो गोर्खाली र नेपाली भनेको एउटै सिक्काको दुइ पाटा हो ।ु धेरै अघि सन् ६० को दशकमा दार्जीलिङमा अम्बर गुरुङले ुनौलाखे तारा उदाएु गीत गाएर यहीँ नेपालीपनाको पहिलो चस्का सबैतिर फैलाउन खोजेको उनको मुल्याङ्कन छ । ुत्यो गीत मनमा िब¤ने नेपालीपनाको एउटा मीठो राजनीति होुउनी भन्छन् ।
जागिरे सेवाबाट मुक्त भएपछि पछिल्ला बर्षमा आÏना सिलोङ र सिलीगुढीस्थित घरमा ओहोरदोहोर गरिरहने रहेछन् । तर सङ्गीतको नशा साथैमा लिएर । उनी जे जता गएपनि गीतसङ्गीतमा तिर्खालु बनेकै हुन्थे । एकपटक तेस्रो श्रेणीमा रेलयात्रा गरिरहेका बेला उनले सुनेका रहेछन्-ुम त टोलाउँदै÷त्यो जाने को होला÷मलाई बोलाउँदै ु फेरि अर्को ठाउँमा उनले गाइनेसँग सिकेका रहेछन्-
ुहातमा घडी
हातका छडी
बमबहादुर गौताङ
धनिसंह लौताङ
सबै आए-महाराजका दर्शन
नेपालका सेनामाथि
घुम्छन् दुई चिल
नजिकका छिमेकी हुन्
भारत र चीन ।ु

नेपालीपना र आÏनो स्वादको कुरा जति गरेपनि सिलोङतिर अहिले मौलिकताको खडेरी पर्दै गएको उनको बुझाइ छ । ुएउटै तबल्ची छैन एउटै बादक छैन । एउटा बंगालीलाई भन्यो ऊ आउँछ यसो बाजा ठोकठाक गर्छ । बाजा त छ तर भावना छैनु उनी भन्छन् । सङ्गीतको औपचारिक शिक्षा नलिएका एमपीले सिलोङ र कोहिमा छँदा एक मुश्लिम गुरुसँग केही समय रागरागिनी सिकेका रहेछन् । ुजीवनमा गायकै सङ्गीतकारै बन्छु भन्ने थियो कतै अड्कियोु यतिका बर्षपछि काठमाण्डौको पलेंटी सङ्गीत श्रृङ्खलामा पहिलोपटक एकल गायनमा आउने भएपछि एमपीले भनेका थिए ।
उनका बुझाइमा उनका बाबुबाजेहरु आÏनो बलबुताका कारण आÏनो माटो छाडेर बाहिरिएका थिए । तर अब वुद्धि लिन र सेवा गर्नका लागि पनि नेपाल फिर्नैपर्ने दिन आएको छ । ुनेपाल सम्झनासाथ मलाई त्यो बडो सुरक्षित ठाउँ हो भन्ने लाग्छ अपनत्वले भरिएको आÏनो ठाउँ हो भन्ने लाग्छु उनको बुझाइ थियो ।
अरुहरुले भन्ने गरे झैं एमपी नेपाली जातीलाई ुदुःखीयाु भन्न रुचाउँदैनन् । ुबरु नेपाली भनेको दुनियाकै खुशिया जात हो नेपालीमा एउटा दाउरे पनि दुई छाक पेट भर्न पाएपछि बढो खुशी बनिरहेको हुन्छु उनी भन्छन् । वौद्धिकवर्गले भन्ने गरेको ुदुिःखया जातु को चिनारीका कारण नेपालीहरुले बढी झटारिनुपरेको उनको अनुभव छ ।
एमपीले सन् १९६५ पहिलोपटक जागिर खाएका थिए । सरकारी जागीरको पहिलो तलवले किनेको हार्मोनियम उनले अझै पनि सङ्गालेर राखेका छन् । ुपहिलेको गानाले मुटु हल्लाउँथ्यो अहिलेको गानाले शरीर मात्रै हल्लाउँछुआÏनो पछौटे कारणबारे उनी भन्छन्-ुअम्बर गुरुङजस्तो लागिरहन सक्ने धैर्य कहिल्यै रहेन ।ु उनी अम्बरलाई नेपाली सङ्गीतको ुवन मेन आर्मीु भनेर सम्बोधन गर्न चाहन्छन् । साथमा अम्बरसँग जोडिएका अनेक स्वादिला किस्सा पनि सुनाइरहेका हुन्छन् । त्योभन्दा अघि बढेर नागाल्याण्ड हाउस छेउको घरमा पारिलो घामपट्टि फर्कदैं तिनले सुनाए अर्को रमाइलो कुरा । के तपाईले अम्बर गुरुङले लोकगीत गाएको सुन्नुभएको छ छैन भने लौ सुन्नुहोस्-
ुहे माछालाई
ताल पनि जाल पिन
म दुःखीलाई
आउँदैन काल पनि
यो जूनीमा भेट हुन सकेन
अर्को जूनी ख्वै छ-छैन ु
Share this article :

Post a Comment