World News

Entertainment

hjkhklhk

Latest Post

gfdg

Written By Unknown on Monday, 5 March 2012 | 19:08

afdsfsdf

हात्तीको समस्या - सम्पादकीय

Written By Unknown on Tuesday, 6 December 2011 | 02:49

झापा जिल्लाका प्रमुख समस्याहरु मध्येको हात्ती आतङ्क पनि एउटा जटिल समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ । पश्चिममा मोरङ उत्तरमा इलाम र पूर्व तथा दक्षिणका भागहरुमा भारतले छोएको झापाको भौगोलिक अवस्थाले हात्ती आतङ्कको समस्यालाई लगभग चित्रित गर्दछ । किनभने इलामको दक्षिणवर्ती क्षेत्र जुन झापासँग सीमाना जोडिन्छ चुलाचुली दानावारी पूर्वोत्तर क्षेत्र बाहुनडाँगी मेचीनगर ज्यामीरगढी जुन भारतीय भूमिसम्म जोडिन्छन् । ती क्षेत्रहरु नजिक वनक्षेत्र पर्दछ । सो क्षेत्रमा दिनहुजसो हुलकाहुल आउने जङ्गली हात्तीले धनजनको क्षति गराईरहेका छन् । त्यसका अलावा बुधबारे शनिश्चरे खुदुनाबारी सुरुङ्गा सतासीधाम तोपगाछी दमकको उत्तरी क्षेत्र समेत वर्षेनी हात्ती आतङ्कबाट प्रभावित क्षेत्र हुन् । दुई दिन अघि मात्रै हात्तीकै आक्रमणबाट बुधबारे-९ की ६८ वर्षीया श्रीमाया सुब्बा र खुदुनाबारीकी सावित्री ओझाको हात्ती आक्रमणबाटै मृत्यु भएका

ओम प्रकाश गौतम - हाङग्देवा डक कम

देवेन्द्र भट्टराई
डायमण्ड शमशेरको ुसेतो बाघुमा सिलाङेको एउटा प्रसङ्ग छ । झण्डै डेढ शताब्दी अघि पल्टनसितै भारत बृहत आसामको सिलोङ पुग्ने नेपालीहरु सिलाङेका रुपमा चिनिएका थिए । झण्डै त्यस्तै सिलाङे बनेर लमजुङको टक्सारबाट सिलोङ पुगेका बा पारजित गुरुङको परिवारमा मनप्रसादएमपी जन्मे । दार्जीलिङ माइती भएकी आमा मनकुमारी हारमुनियममा मित्रसेनका गीतहरु गुन्गुनाइरहन्थिन् । संयोग कस्तो पर् यो भने एमपी केटाकेटी छँदै एकपटक गायक मित्रसेन सिलोङ आएका रहेछन् जसले गाएछन्-
ुकृष्णमुरारी मुरलीधारी
मुरली बजाउने
तिमी कहाँ छौ ु
यसरी सुनिँदै आएको गायकको प्रभाव र प्रत्यक्ष भेट्दाको अतिप्रभावबाट आकर्षित बनेर एमपी पनि गानाबजानाको दुनियामा छिरेका रहेछन् । पुर्वोत्तर भारतमा अरुतिर हेरीकन सिलोङमा नेपालीपनाको जागरण अलिक चाँडो आएको रहेछ । सन् १९५५ मैं त्यहाँ नेपाली कलासङ्गीत परिषद् खुलेको रहेछ जसको निम्तोमा सन् १९५७ मै गायक धर्मराज थापा सिलोङ पुगेका रहेछन् ।
ुप्रवासी घामै लाग्यो घमाइलो
प्रवासी आÏनै देश रमाइलो
जाउँ िहंड नेपालमा…ु
धर्मराजको यो गायकीले अरुहरु झैैं एमपी पनि आनन्दित बनेका रहेछन् । उनी धर्मराजसँगै गारो पहाड र त्यहाँको पुरानो जातजातीबारे खोजीमा निस्केका रहेछन् । यतिका बर्षपछि एमपी आÏना ुती दिनहरु सम्झदै थिए २००७ को २४ नेवॆम्भरमा । उनकै सिलोङ निवासमा भेट गर्दाको सम्झना अहिले यहाँ उत्रिएर आएको छ किनभने यतिका बर्षपछि ६८ बर्षे एमपी ुजाउँ िहंड नेपालमाु भन्दै गानाबजाना सुनाउन काठमाण्डौ आएका रहेछन् अनलाइन खबरहरुबाट थाहा भयो । ुजुन रुखको बोक्रो हो त्यसैमा टाँसिनु श्रेयकर हुन्छु भेटघाटमा एमपीले भनेका रहेछन्-ुहिजो त हामी चरनमा बाहिर निस्केका थियौं अब भने आÏनो ठाउँमा फिर्नैपर्ला ।ु अब फिर्ने क्रममा आÏना तीन छोरा र दुई छोरीका लागि नेपालतिरै पढाइ-जागिरको अवसर खोज्नमा उनी लागेका रहेछन् ।
एमपी सन् १९६५ तिर नेपाल आएका थिए राजाको जन्मदिवस निम्तोमा । त्यसबेला भैरव नृत्य दलदेखि नारायण गोपाल प्रेमध्वज नातीकाजी अरुणा लामाहरुसँगको संगतमा उनी रहे । अरुणा लामासँग उनले एउटा गीत रेडियोमा पनि गाए-ुयो उजाड जीवनको शहरमा…।ु भारतमा प्रशासनिक सेवामा रहेका कारण गीतसङ्गीतको दुनियामा उति दौडन नपाएपनि गुवाहटी÷सिलोङतिर रहेका सङ्गीतकर्मी सिके रसाइली गिर्वानबहादुर प्रधान बिजय रसाइलीहरुको सङ्गत रहेकै हुन्थ्यो । एमपीसहितको समूहले गायक अम्बर गुरुङलाई सन् १९५५ मा नागाल्याण्ड बोलाउनुमा पनि त्यही आÏनो गीतसङ्गीतको अपनत्व लुकेको थियो । एमपीका रेडियो नेपाल गुहावटी र कोहिमा रेडियो गरेर एक दर्जनभन्दा बढी गीतसङ्गीत रेकर्डेड छन् ।
एमपी कहिले गोर्खाल्याण्डमा लागे । कहिले आÏनो गीतसङ्गीतका पछि लागे । कहिले प्रशासन त कहिले मौन बनेर बसिरहे । पछिल्लो समयमा भने गोर्खा र नेपालीबीचको अन्तरलाई बु¤न नसकेर उनी मौन बसेका हुन् । ुभादगाउँले टोपी लगाउनेलाई गोर्खाली र ढाका टोपी लगाउनेलाई नेपाली भन्न थालेका छन्ु उनलाई लागेको छ-ुनेपाली भनेको नेपाली हो गोर्खाली र नेपाली भनेको एउटै सिक्काको दुइ पाटा हो ।ु धेरै अघि सन् ६० को दशकमा दार्जीलिङमा अम्बर गुरुङले ुनौलाखे तारा उदाएु गीत गाएर यहीँ नेपालीपनाको पहिलो चस्का सबैतिर फैलाउन खोजेको उनको मुल्याङ्कन छ । ुत्यो गीत मनमा िब¤ने नेपालीपनाको एउटा मीठो राजनीति होुउनी भन्छन् ।
जागिरे सेवाबाट मुक्त भएपछि पछिल्ला बर्षमा आÏना सिलोङ र सिलीगुढीस्थित घरमा ओहोरदोहोर गरिरहने रहेछन् । तर सङ्गीतको नशा साथैमा लिएर । उनी जे जता गएपनि गीतसङ्गीतमा तिर्खालु बनेकै हुन्थे । एकपटक तेस्रो श्रेणीमा रेलयात्रा गरिरहेका बेला उनले सुनेका रहेछन्-ुम त टोलाउँदै÷त्यो जाने को होला÷मलाई बोलाउँदै ु फेरि अर्को ठाउँमा उनले गाइनेसँग सिकेका रहेछन्-
ुहातमा घडी
हातका छडी
बमबहादुर गौताङ
धनिसंह लौताङ
सबै आए-महाराजका दर्शन
नेपालका सेनामाथि
घुम्छन् दुई चिल
नजिकका छिमेकी हुन्
भारत र चीन ।ु

नेपालीपना र आÏनो स्वादको कुरा जति गरेपनि सिलोङतिर अहिले मौलिकताको खडेरी पर्दै गएको उनको बुझाइ छ । ुएउटै तबल्ची छैन एउटै बादक छैन । एउटा बंगालीलाई भन्यो ऊ आउँछ यसो बाजा ठोकठाक गर्छ । बाजा त छ तर भावना छैनु उनी भन्छन् । सङ्गीतको औपचारिक शिक्षा नलिएका एमपीले सिलोङ र कोहिमा छँदा एक मुश्लिम गुरुसँग केही समय रागरागिनी सिकेका रहेछन् । ुजीवनमा गायकै सङ्गीतकारै बन्छु भन्ने थियो कतै अड्कियोु यतिका बर्षपछि काठमाण्डौको पलेंटी सङ्गीत श्रृङ्खलामा पहिलोपटक एकल गायनमा आउने भएपछि एमपीले भनेका थिए ।
उनका बुझाइमा उनका बाबुबाजेहरु आÏनो बलबुताका कारण आÏनो माटो छाडेर बाहिरिएका थिए । तर अब वुद्धि लिन र सेवा गर्नका लागि पनि नेपाल फिर्नैपर्ने दिन आएको छ । ुनेपाल सम्झनासाथ मलाई त्यो बडो सुरक्षित ठाउँ हो भन्ने लाग्छ अपनत्वले भरिएको आÏनो ठाउँ हो भन्ने लाग्छु उनको बुझाइ थियो ।
अरुहरुले भन्ने गरे झैं एमपी नेपाली जातीलाई ुदुःखीयाु भन्न रुचाउँदैनन् । ुबरु नेपाली भनेको दुनियाकै खुशिया जात हो नेपालीमा एउटा दाउरे पनि दुई छाक पेट भर्न पाएपछि बढो खुशी बनिरहेको हुन्छु उनी भन्छन् । वौद्धिकवर्गले भन्ने गरेको ुदुिःखया जातु को चिनारीका कारण नेपालीहरुले बढी झटारिनुपरेको उनको अनुभव छ ।
एमपीले सन् १९६५ पहिलोपटक जागिर खाएका थिए । सरकारी जागीरको पहिलो तलवले किनेको हार्मोनियम उनले अझै पनि सङ्गालेर राखेका छन् । ुपहिलेको गानाले मुटु हल्लाउँथ्यो अहिलेको गानाले शरीर मात्रै हल्लाउँछुआÏनो पछौटे कारणबारे उनी भन्छन्-ुअम्बर गुरुङजस्तो लागिरहन सक्ने धैर्य कहिल्यै रहेन ।ु उनी अम्बरलाई नेपाली सङ्गीतको ुवन मेन आर्मीु भनेर सम्बोधन गर्न चाहन्छन् । साथमा अम्बरसँग जोडिएका अनेक स्वादिला किस्सा पनि सुनाइरहेका हुन्छन् । त्योभन्दा अघि बढेर नागाल्याण्ड हाउस छेउको घरमा पारिलो घामपट्टि फर्कदैं तिनले सुनाए अर्को रमाइलो कुरा । के तपाईले अम्बर गुरुङले लोकगीत गाएको सुन्नुभएको छ छैन भने लौ सुन्नुहोस्-
ुहे माछालाई
ताल पनि जाल पिन
म दुःखीलाई
आउँदैन काल पनि
यो जूनीमा भेट हुन सकेन
अर्को जूनी ख्वै छ-छैन ु

संवैधानिक संकटको समाधान र निकास आजको आवश्यकता

ओम प्रकाश गौतम
अन्ततः प्रमुख शीर्ष नेताहरुले ६ महिना भित्र नयाँ संविधान निर्माणको काम पूरा गर्ने बहुमत प्रतिबद्धताका साथ गत मंसिर १४ गते अगावै संविधान सभाको म्याद ६ महिनाका लागि थपेका छन् । जसमा कार्यकाल थपसम्बन्धी संविधान संशोसन प्रस्तावमा मतदान हुँदा ५ सय ५ पक्षमा र राप्रपा नेपालका तीनजना सभासद्हरु विपक्षीमा उभिए । ६ सय १ सदस्यीय संसद्मा भएका मध्ये बाँकी रहेका हाल संसद् सदस्यहरु ५ सय ९६ जना मात्र छन् । तर अरु बाँकी रहेका सभासद् कालो र रातो सूचिमा परेका हुनाले संविधान निर्माणको पक्षमा मत हाल्न समय सीमा भित्रै संसद भवनमा उपस्थित हुन सकेनन् । एउटा हाँस्यास्पद ताकुक कुरा यहाँ छ कि -ूमहान नेपाली जनताले एक छाक मकै एक छाक भोकै भएर पनि संविधान सभाको निर्वाचित पदको हस्तान्तरण गरेता पनि गणतन्त्रको उपहास गर्दै जम्बो मन्त्री मण्डलको लामो सूचिमा परेपछि हतास-हतास मनस्थितिमा सत्ता भत्ता र लत्ताको आरामी दाउपेचमा ताउर-माउर गर्दै संविधान सभाको भवन भित्र समय सीमा अगावै पुगेर ६० हजार रुपैयाँको सेतो कागजमा हस्ताक्षर गरेकेा देख्दा हामी सचेत ताथ सजग वर्गहरुलाई लाग्छ कि के त्यो प्रस्तावको पक्षमा भएको मतदान ६ महिना पछि पनि संविधान बनेन भने यसरी थपिदै गयो भने नाति÷पनातिले पनि स्वर्गको महल खडा गएन र धन कुम्ल्याई इतिहासको पानामा तमकमुखी महोत्सव बन्नका लागि कु_ित्सत षड्यन्त्र त गरेको होइन भन्ने लागेको छ हामीलाई । आज राजनीतिक दलहरुको सत्तालोलप चरित्र र त्यसैका लागि भएका खिचातानी वाद-विवाद गुट-उपगुट पक्ष-विपक्ष एवम् गैरजिम्मेवारी चरित्रका कारण शुरुमै दुईवर्षे कार्यकाल तोकिएको संविधान सभाको म्याद पटक-पटक डेढ वर्ष बढाई साढे तीन वर्ष लम्ब्याई लम्ब्याई हामी जनताहरुलाई नाटक माचन गरेर आफ्नो असली चरित्रलाई उदाङ्गो पारेको देख्दा हाम्रा नेताहरुका मुहार फर्केर पनि हेर्न मन लाग्दैन अहिले । पहिलो र दोस्रो जनआन्दोलन देखि सशस्त्र जनयुद्धको क्रममा सहादत्त चिथोरेर मारेको भान हुन्छ हामीलाई । आज देश प्रसव पिडामा चिच्याएको छ गरीबहरुको परिश्रमको मोल अपहरणमा परेको छ । अवसर राजनीतिक इच्छाशक्ति र चाहना भित्र धेरै नेपाली बन्दी बनेका छन् । विगतको इतिहासको कालो पर्दा उघार्न नपाउँदै हरेक दिन युवा-युवती अर्काको देशमा श्रमको भ्रष्टाचार र कमिशनले गन्हाएको छ । आज राजनीतिक पार्टी कानुनलाई चुनौती दिदैँ आफ्ना कार्यकर्ताहरुको रक्षाकवच बन्दैछन् विधिको पालना भए नभएको र विधिलाई उपेक्षा गर्दै र कमजोर पार्दै गैर जिम्मेवारी पूर्ण कार्यको थालनी दलहरुले दिनानुदिन ठोस निष्कर्षमा पुग्न नसकेका कारणले गणतन्त्रलाई धरापमा पार्दै लगेका छन् दलहरुले । अनि लोकतान्त्रिक गणतन्त्रका रुपरेखा र कार्ययोजनाका आधारशिलाहरुलाई कमजोर पार्दै लैजाने न्यायलयको उपेक्षा तथा संविधान कानुन र उत्तरदायि शासन प्रणालीको हाम्रै नेताहरुले उपहास गरेकाले गर्दा पटक-पटक संविधान सभाको निर्माणको कार्य पछि-पछि सर्दै गएको छ । अनि हाम्रै नेताहरु भन्ने गर्छन कि संविधान बनाउने प्रमुख दायित्व तपाई जनताहरुको काँधमा छ भनेर काठमाण्डौका ठूला-ठूला मदिरा होटलमा चुस्की मारिरहेका छन् लोकतन्त्रका बादशाह भनाउँदा नेताहरुले । आज सर्वोच्च अदालतका प्रधानन्यायधीश सहितको विशेष इजालसले नेपालका सभासदहरुलाई जनखबरदारी गर्दै भनेको छ कि-थपिएको अवधिमा पनि संविधान निर्माण पूरा गर्न नसकिएमा जनमत संग्रहमा जानुस वा अर्को संविधानसभाको निर्वाचन गराउनुस वा संविधान बमोजिम अन्य उपयुक्त प्रबन्ध मिलाउनुस् भनेर पटक-पटक संविधानसभा भवनभित्र सुतेका सभासद्हरुलाई ब्यूताँएका छन् ।
यसैगरि अब आगामी थपिने समयमा पनि संविधान नबनी संविधानसभा विघटन भए नयाँ निर्वाचनमा जान वा अन्तरिम संविधानको धारा १५७ अनुसार अघि बढ्न सर्वोच्चले आदेश जारी गरिसकेको छ सभासदहरुलाई । जबकि धारा १५७ मा संविधानसभाको म्याद गप्ने कि नथप्ने भनेर जनमत संग्रहमा जानु व्यवस्था स्पष्ट पारेको छ । के आगामी ६ महिना भित्र संविधान बनेन भने तपाई सभासद्ज्यूहरु क रातो पासपोर्ट बेचेर मुग्लान नै जानु हुन्छ कि भ्रमको सदबीउ छर्न फेरि पनि गाँउ र शहरमा झर्नु हुन्छ
यदि गाउँ र शहरमै झर्नु हुन्छ भने ६ महिना भित्र विविध संविधान निर्माणका एजेण्डाहरु माथि व्यापक रुपमा छलफल गरेर समय सीमा भित्रै डडेल्नोमा अंग रक्षकका लागि विपत्तिबाट होमिएर हुनका लागि कृत्रिम उपकरणको व्यवस्था गनर्ने ताकि भौतिक रुपमा तपाईहरुलाई घाइते बेपत्ता शहिदहरुका सन्तानले सात डाँडा कटाउन नपरोस् ।
अहिलेको अवस्थाका तमाम नेपाली जनता तपाईहरुका दास भने होइनन् किन कि २००७ सालको क्रान्तिदेखि लिएर नालापानीको युद्धाभ्यासमा पनि वीरगति प्राप्त गरिसकेका सन्ततिका मानवहरु छन् अहिले । आखिर कति दिन जनतालाई थाङ्नामा सुताउनु हुन्छ तपाई । अन्त्यमा आज सबैभन्दा जटिल समाचारको रुपमा संघियता भित्रैको महत्वपूर्ण र जटिल विषय राज्य पुःनस्रंरचनाको विषयको समाधानको निर्णयको बहस छ आगामी दिनमा । यस कार्यको लागि आयोग पनि पहिल्यै गठन भइसकेको छ ।

Health